यो बाटो हो ,दौडिदैमा कहाँ खत्तम हुन्छ??
हरेक पाईलाले यस्को दुरि मात्र कम हुन्छ
पहरामा फुलेको फुलले प्रमाणिग गरिदियो
पत्थरको पनि कुनै न कुनै अङ्ग नरम हुन्छ
जो मान्छे जिन्दगीको अन्तिम स्थानमा छ
यादको परिक्षामा उ सधैँ किन प्रथम हुन्छ
एउटा मान्छे जहर पिउँदा पनि मरेको छैन
अमृत पिउँदा मर्यो,यो घट्ना अनुपम हुन्छ
बोनस शेर
अलि कसिलो गर्नुस न पाईजामाको इजार
हाम्लाई त के हुन्छ र हजुरलाई सरम हुन्छ